संघीय संसद्अन्तर्गत आज दुवै सदनको अलग-अलग बैठक बस्दैछ ।
प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेबाट शुरू हुनेछ । प्रतिनिधि सभामा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।
आजै राष्ट्रियसभा बैठक पनि बस्दे छ । मंगलवार बस्दै नबसी सरेको बैठक आज बिहान ११:११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची छ ।
साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची छ ।

