काठमाडौं, असोज २१ : संघीय निर्वाचनको उम्मेदावारी दर्ताको मिति नजिकिँदै गर्दा भएको सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीचको वार्ता सकारात्मक भएको छ।
जनता समाजवादी पार्टीले सिट बाँटफाँडमा असन्तुष्टी जनाउँदै गठबन्धन छाडेलगत्तै चुनावी गठबन्धनका लागि छलफल गर्न लोसपाका नेताहरु बिहीबार प्रधानमन्त्री निवास बालुवाटर पुगेका थिए।
लोसपाका नेताहरु लोसपाका नेताहरु अनिल झा, जितेन्द्र सोनल र शरतसिंह भण्डारी कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको गठबन्धनसँग छलफल गरेका थिए।
छलफलमा उनीहरुले संघमा १५ सिट र प्रदेशमा मुख्यमन्त्री मागेको बताइएको छ। लोसपाका नेता जितेन्द्र सोनाका अनुसार आजै साँझ फेरि लोसपासँग गठबन्धनको छलफल हुनेछ।

