चितवन, साउन ०६-
नेकपा (एमाले) चितवनले बार्षिक कार्ययोजना बनाएको छ । भरतपुरमा शनिवार भएको बार्षिक कार्ययोजना निर्माण कार्यशाला गोष्टीले जिल्लाको विकास योजना सहित संगठन विस्तार लगायतका विषयबस्तुलाई समेटेर कार्ययोजना बनाएको हो ।
यो कार्ययोजना जिल्ला कमिटिको पूर्ण बैठकबाट अनुमोदन पश्चात कार्यन्वयनमा लगिने एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश ढुंगानाले जानकारी दिनुभयो । योजना जिल्ला कमिटीको बैठकले अनुमोदन गरेपछि बार्षिक कार्ययोजना सार्वजनिक गरिनेछ । त्योभन्दा पहिले विभागको बैठक वस्ने ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार, पार्टीको प्रचार योजना पनि निर्माण गरिएको छ ।
नेकपा (एमाले)का केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य एवं संगठन बिभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य सीता पौडेल, पोलिट्ब्युरो सदस्य एवं जिल्ला ईन्चार्ज पार्वत गुरुङ, देबि ज्ञवाली, लगायत चितवन जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, चितवनका पुर्व पार्टी प्रमुखहरु, पार्टी जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष एवं निर्वाचित पालिका प्रमुख/उपप्रमुखहरुको उपस्तिथि रहेको थियो । सो गोष्टीमा जिल्लाको विकासको भावि योजनाका विषयमा समेत छलफल भएको थियो ।

