गोर्खा , बैशाख ९ – गोर्खा नगरपालिका–३,नारेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा बिगत १महिनादेखि किटनाशक औसधिको बोतल अड्केको थियो। बोतल अड्किएर ठूलो आन्द्रा अवरुद्द भएर यस्को संक्रमण शरीरमा फैलिएको अवस्थामा आज बिहान १०बजे अस्पतालको इमर्जेन्सीमा आएका थिए। त्यहाँ एक्सरे गर्दा मलद्वारमा बोतल देखिएपछि तुरुन्तै अप्रेशन कक्षमा लागि दुरबिनबाट आन्द्राको अन्य भागमा संक्रमण नफैलिएको पत्ता लागेपछि अस्पतालका सर्जनद्वय डा. जितेन्द्र सिंह र डा. बिश्वराज खड्का, एनेस्थेसियोलोजिष्ट डा.शम्भु अधिकारि लगायतको टिमले करिब ३घन्टाको शल्यक्रिया पछि बिरामिको मलद्वारबाट १०×७.५ cm को डब्बा निकालेका हुन।
अस्पताल आउँदा बिरामीको अवस्था जटिल थियो शल्यक्रिया पश्चात् बिरामिको होस आइसकेको छ र हाल बिरामिलाइ ICU कक्षमा राखी उपचार भैरहेको जानकारी अस्पतालका नि. मेडिकल सुपरिटेन्डेन्ट डा.सिद्दार्थ खनालले जानकारी दिनुभयो।
Breaking News
- सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्
- नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह
- बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
- चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
- रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
- निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
- पर्खाइ मतदानको (तस्बिरहरू)
- विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

