काठमाडौँ– नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमा फर्किन थालेकाे भन्दै कुप्रचार गरिएकाे बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा प्रष्टीकरण दिँदै आफू माओवादीमा फर्किने हल्ला निराधार रहेकाे स्पष्ट पारेनुभाएको हो । अखिल क्रान्तिकारीका उपाध्यक्ष नारायण खनालले आफ्नाबारे कुप्रचार गरेको उहाँकाे आराेप छ ।
प्रेस विज्ञप्ति
विभिन्न सामाजिक संजालहरूमा नेकपा एमाले केन्द्रीय सचिव टाेप बहादुर रायमाझी पुनः माओबादीमा फर्कदै र प्रचण्ड संग भेटघाट गरेको भन्दै अखिल क्रान्तिकारी का उपाध्यक्ष नारायण खनालले कु प्रचार गरेको प्रति मेराे गम्भीर ध्यानाकर्षण भएकाे छ । यस्ता खालका अराजनीतिक , कपाेकल्पित र भ्रमकाे खेति नगर्न र पुन गरेमा कानुनी उपचार खाेजिने व्यहाेरा समेत जानकारी गराउदै , म मेराे पदिय जिम्मेवारी र अर्घाखाँचीवासी जनताको हक, हित, र विकासका लागि रात दिन नभनी लागिरहने छु । यस्ता खालका कु प्रचारका पछाडि नलागी सबै नेता,कार्यकर्ता , शुभचिन्तक एकतावद्व भई निर्वाचनमा लाग्न हार्दिक अपिल गर्दछु
टाेप बहादुर रायमाझी
सचिव नेकपा एमाले केन्द्रीय कमिटी ।-फाइल तस्विर

