काठमाडौं–-इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेकपा एमाले सुनसरीका पूर्व अध्यक्ष समेत रहेका चौधरी आइतबार विहान माओवादी केन्द्र प्रवेश गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका थिए ।
उनी प्रदेश सांसदको निर्वाचन लडने तयारीमा छन् । माओवादी केन्द्रले टिकट दिनेभएपछि उनी माओवादी गएको माओवादी केन्द्र सुनसरीका नेताहरु बताउँछन् ।
चौधरीलाई सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बनाउने तयारी छ । सत्तारुढ गठबन्धनमा सुनसरी क्षेत्र नम्बर २ काे प्रदेशसभा क मा माओवादी केन्द्रको दाबी छ । थारु बाहुल्य क्षेत्र रहेको सो क्षेत्रमा चौधरीलाई उम्मेद्वार बनाउने आश्वासनपछि उनी माओवादी केन्द्रले प्रवेश गरेकेा नेताहरु बताउँछन् ।

