काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली झापा ५ बाट निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेले अध्यक्ष ओली निर्वाचित भएको जानकारी दिए। उनले मतगणना सकिएको र परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताए।
उनी २८ हजार ५७४ मतान्तरका साथ विजयी भएका छन्। ओलीले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई पराजित गरेका हुन्। ओलीले ५२ हजार ३१५ मत पाउँदा अधिकारीले २३ हजार ७४१ मत पाएका छन्। ०७४ सालमा पनि अधिकारी ओलीसँग प्रतिस्पर्धामा थिए।
