काठमाडौं । यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुको शोकमा सरकारले सोमबार (भोलि) सार्वजनिक बिदा दिने भएको छ ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यति एयरलाइन्सको विमान आइतबार (आज) बिहान पोखरा विमानस्थल नजिक सेती नदी खोंचमा दुर्घटना परेको थियो । उक्त विमानमा चार चालक दलका सदस्यसहित ७२ यात्रु सवार थिए ।

