राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मा आमूल रूपान्तरणको लक्षण देखिएको जनाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले समय बलवान् रहेको जनाएका छन् ।
ट्विटमा प्रचण्डको फोटो राख्दै उनले लेखेका छन्, ‘वाह ! समय कति बलवान् रहेछ– दौरा–सुरूवाल र यो सलामले धेरै अर्थ राख्छ, समय चक्रले प्रचण्डमा आमूल रूपान्तरणको लक्षण देखिँदैछ । रणनीतिक होइन भने यो रूपान्तरणमा सकारात्मक सोच देखिन्छ । परिवर्तन र सुधारको सुविधा सबैलाई छ । जेहोस् प्रम प्रचण्डलाई दौरासुरुवाल सुहाएको छ ।’

