गत माघ १ मा पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा आज घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ । पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ स्थित मितेरीपुल नजिक ठीक १०ः ५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो । सो अवसरमा घटनामा निधन भएका सबै यात्रुहरुको स्मृतिमा दीप प्रज्वलन समेत गरियो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनामा परेकाहरुको शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तव्ध भएको बताए । दुर्घटनाका आला घाउहरु पूर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गरेर अगाडि बढ्ने अठोट गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाई छ ।
उनले दुर्घटनापछि जोखिम मोलेर उद्धार कार्यमा महत्वपूर्ण योगदान गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउट, रेडक्रस, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी राजनीतिक दललगायतप्रति गण्डकी प्रदेश सरकारकातर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दुर्घटनाले पोखरालाई अपूरणीय क्षति पुगेको बताए ।
माघे सङ्क्रान्तिको विहान काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटिआर विमान विहान १०ः५८ बजे पोखरा वडा नं ७ र १५ को सिमास्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो । घटनामा विमानमा सवार ७२ जनामध्ये ७१ जनाको निधन भइसकेको छ भने एकजनाको खोजी कार्य जारी छ । दुर्घटनामा परेकामध्ये अझै केहीको सनाखतका लागि काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पतालमा डीएनए परीक्षण गरिएको छ ।
Breaking News
- इन्टरनेट पहिलेकै गतिमा फर्काउन पहल भइरहेको छ : सञ्चारमन्त्री शर्मा
- इलाममा घण्टीको जमानत जफत, मिलन ५ हजार ५० भोटमा रोकिए
- इलाममा बाउछोरा दुवैसँग हारे कांग्रेसका डम्बर
- इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- इलाम–२ मा गनिसकियो आधा मत, सुहाङलाई ५३ सयको अग्रता
- इलाममा सुहाङ ५ हजारभन्दा बढी मतको अग्रतामा
- इलाम–२ मा अग्रता बढाउँदै सुहाङ, दोस्रोमा डम्बर र डकेन्द्रको प्रतिस्पर्धा
- डम्बरसँग मतान्तर बढाउँदै सुहाङ, करिब २२ हजार भाेट गन्दा २६१८ ले लिड