आईसीसी क्रिकेट वर्ल्डकप ‘लिग टु’अन्तर्गत स्कटल्यान्डविरुद्धको अन्तिम खेलमा नेपालले २१३ रनको विजयी लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्ड ४६ ओभर १ बलमा २१२ रन जोड्दा अलआउट भएको छ ।
स्कटल्यान्डलाई मध्यमस्कोरमा समेट्ने क्रममा सन्दीप लामिछानेले ४, करन केसीले ३ तथा कुशल मल्ल र ललित राजवंशीले १-१ विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
यसअघि आफ्ना ३ खेलमा नेपाल विजयी भएको छ भने स्कटल्यान्डले ३ मध्ये २ खेल जितेको छ ।
स्कटल्यान्ड लिग लिडर हो । नेपालसहितका केही टीमले केही खेल खेल्न बाँकी रहँदा स्कटल्यान्डले लिगको उपाधि पक्का गरिसकेको छ ।

