राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि रविले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।
चितवन–२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेले पनि उम्मेदवारी दर्ता गराउँदैछन् ।
नागरिकता प्रकरणमा रविको सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको छ ।
मंसिर ४ गते लामिछाने फराकिलो अन्तरले चुनाव जितेका थिए ।