काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने आफ्नो निर्वाचन चितवन-२ पुगेर उम्मेदवारी दर्ता गराइ तनहुँ जाने भएका छन्।
लामिछाने चितवन- २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहुँ- १ मा मनोनयन दर्ता गर्ने क्रममा उपस्थित हुने भएका हुन्।
रास्वपाका एक नेताका अनुसार आज बिहान ९ बजे भरतपुर महानगर- ११ विशाल चोकस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्यालयमा भेला हुने र त्यहाँबाट ९:३० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १० बजे मनोनयन दर्ता गर्ने समय तालिका बनाइएको छ। साथै, त्यसपछि २ बजे सभापति तनहुँको दमौलीमा पुगेर स्वर्णिम वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रममा सहभागी हुने तालिका रहेको छ।

