राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी अयोग्य घोषणा गर्न माग गर्दै अधिवक्ता युवराज पौडेल सफलले उजुरी दिएका छन् ।
प्रतिनिधिसभा सदस्य पदका लागि उनले उपनिर्वाचनमा चितवन- २ बाट उम्मेदवारी मनोनयन गराएका छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतलाई इमेलमार्फत उजुरी पठाएर त्यसको जानकारी समेत निर्वाचन गराएको सफलले बताए ।
उजुरी अहिले दर्ता भने भएको छैन ।
यद्यपि उम्मेदवारीविरुद्ध उजुरी प्रतिस्पर्धी उम्मेदवारले नै दिनुपर्ने व्यवस्था छ ।

