राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले ३० वर्ष सत्तामा बसेकाहरूलाई जनताले प्रश्न सोध्नुपर्ने बताएका छन् ।
नागरिकता र पासपोर्टको मुद्दा उचालेर आफूलाई विवादमा पार्न कोशिश भइरहेको उनको गुनासो छ ।
बुधवार चितवनमा आयोजित कोणसभालाई सम्वोधन गर्दै लामिछानेले नागरिकता र पासपोर्टको मुद्दा लड्नु परे पनि जनजीवीकाको मुद्दा उठाउन नछाड्ने बताए ।
‘अहिले पनि हामीलाई शंका उपशंका गरिरहेका छन्, प्रश्न ३० वर्ष सत्तामा बस्नेलाई प्रश्न गर्ने कि ३० दिन सत्तामा बस्नेलाई ?’ लामिछानेले भने, ‘पासपोर्टको मुद्दा आफ्नो ठाउँमा छ, लड्दै गरौंला । अरू मुद्दा चल्दै गर्छन् ।’
चितवन २ मा रास्वपाको माहोल पहिलाको जस्तो छैन भन्नेलाई लामिछानेले भने, ‘पहिला हावाहुरी थियो, अहिले सुनामी आउनेवाला छ ।’

