प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताएका छन्।
मंगलवार उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैंक ब्याजदर कम गर्ने र राजश्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगसँग आफू छलफलमा रहेको जानकारी दिए।
सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको उनको भनाइ थियो।
आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहित योजना समावेश गरिने पनि उनले बताए।

