संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेका छन् ।
ओली निवास बालकोट भक्तपुरमा सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल शुरू भएको हो ।
छलफलमा नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक पनि सहभागी छन् ।
हिजोका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । ओली बिरामी परेपछि ओलीलाई स्वास्थ्यलाभको कामना गर्न र विधेयकमा सहमति जुटाउन भन्दै नेताहरू बालकोट पुगेका हुन् ।
यसअघि सभामुख देवराज घिमिरेले तीन शीर्ष नेतालाई संवादमा जोडेका थिए ।
बैठकमा संसदीय सुनुवाइ विशेष समितिसहित विषयगत समितिहरू गठनमा समेत सहमतिको प्रयास हुने बताइएको छ ।

