राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ ।
पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको एम्स अस्पताल लगिएको हो ।
मंगलवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका पौडेललाई बुधवार बिहान भारत लगिएको हो ।
श्री एयरलाइन्सको चार्टर विमानमार्फत उनलाई थप उपचारका लागि भारत लगिएको छ ।
यसअघिदेखि नै पौडेलको फोक्सोको तल्लो भागमा पानी जमेको थियो । तर, एन्टिबायोटिकले पनि ठीक नगरेपछि थप परीक्षण र उपचारको लागि उनलाई भारत लान चिकित्सकहरूले सुझाव दिएका थिए ।
सोमवारमात्रै फलोअपबाट फर्किएका राष्ट्रपति पौडेल मंगलवार अचानक बेहोश भएका थिए ।
लगत्तै उनलाई शिक्षण अस्पताल लगेर भर्ना गरिए पनि बुधवार भारत लगिएको हो ।

