विहीवार राती ७ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ । विद्युत आपूर्तिको लागि नयाँ ब्याकअप राख्न रातको समय पारेर विमानस्थल बन्द गर्ने र ब्याकअफ फिट गर्ने तयारी भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।
उनका अनुसार विहीवार विहान १ बजेदेखि ७ वजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण ठप्प हुने छ । यो समयमा उडान भएका यात्रुले सम्बन्धित वायुसेवासँग समन्वय गरेर टिकट सार्नुपर्ने विमानस्थलका प्रवक्ता सिटौलाले बताए ।
उनका अनुसार यो समयमा अन्तर्राष्ट्रिय उडान सकिसकेको हुने र विहानीपख ६ वजेपछिको आन्तरिक उडान भने प्रभावित हुने भएका छन । विहान ६ बजेदेखि नै हुने आन्तरिक उडान भने ८ बजेसम्मलाई प्रभावित हुने छन् ।
Breaking News
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

