विहीवार राती ७ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ । विद्युत आपूर्तिको लागि नयाँ ब्याकअप राख्न रातको समय पारेर विमानस्थल बन्द गर्ने र ब्याकअफ फिट गर्ने तयारी भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।
उनका अनुसार विहीवार विहान १ बजेदेखि ७ वजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण ठप्प हुने छ । यो समयमा उडान भएका यात्रुले सम्बन्धित वायुसेवासँग समन्वय गरेर टिकट सार्नुपर्ने विमानस्थलका प्रवक्ता सिटौलाले बताए ।
उनका अनुसार यो समयमा अन्तर्राष्ट्रिय उडान सकिसकेको हुने र विहानीपख ६ वजेपछिको आन्तरिक उडान भने प्रभावित हुने भएका छन । विहान ६ बजेदेखि नै हुने आन्तरिक उडान भने ८ बजेसम्मलाई प्रभावित हुने छन् ।
Breaking News
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स

