चितवन, वैशाख १०-
चितवनमा क्षेत्र नं २ मा जारी उपनिर्वाचन अन्तर्गत विहान ११ बजे सम्म २३ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार चार घण्टामा २३ प्रतिशत मत खसेको हो ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए । गर्मीका कारण बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन् ।

