तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनअन्तर्गत हालसम्म ९ हजार २४६ मतगणना भएको छ ।
जारी मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. स्वर्णिम वाग्लेले फराकिलो अग्रता कायम गरेका छन् ।
वाग्लेले ५ हजार ११ मत पाउँदा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले २ हजार ३५१ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १ हजार ५४९ मतका साथ तेस्रो स्थानमा छन् ।
तनहुँमा आइतवार रातिदेखि मतगणना शुरू भएको हो । शुरूआती रुझानमा रास्वपाको पक्षमा उत्कृष्ट मत खसेको देखिएको छ ।

