प्रतिनिधिसभाका बैठकमा बोल्न पाउनुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले नाराबाजी गरेका छन् । बैठक शुरू भएलगत्तै सभामुखसँग समय लिन खोजे पनि नपाएपछि राप्रपाका सांसदले उठेर विरोध र नाराबाजी गर्दा बैठक अवरुद्ध भएको हो ।
सभामुखले शून्य समयबाहेक अरु बोल्ने कार्यक्रम निर्धारण नगरिएको जानकारी पटकपटक गराए पनि राप्रपाका सांसद निरन्तर नाराबाजीमा उत्रिएका हुन् ।
राप्रपाको अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

