राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुनर्लेखन गर्न समेत सरकारलाई सुझाव दिएका छन् ।
राष्ट्रिय सभाको बैठक बिहान ११ बजेबाट सुरु हुँदै छ । बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ५ जेठ शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।