संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रमबारे छलफल आज (मंगलवार) पनि जारी रहने भएको छ। आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे आज पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकमा छलफल हुने भएको हो ।

राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यले उठाएको प्रश्नको जवाफ सम्भावित कार्यसूची छ ।


