निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दैछ ।
दिउँसो गर्न लागेको छलफलमा निर्वाचन कार्यालयको खारेजी, निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगगको सहकार्यमा मतदाता नामावली संकलन, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र दलको लेखा तथा लेखापरीक्षण सम्बन्धमा छलफल हुने बताइएकाे छ ।
सरकारले बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने भनेपछि आयाेग रुष्ट भएको छ ।
गृहमन्त्रालय मार्फत आयोगले सरकारसँग आपत्ति पनि जनाइसकेको छ । आयोगले आज मुख्यगरी जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा दलहहरूको धारणा बुझ्ने र आफ्नो अडानबारे थप प्रस्टीकरण दिने बताइएको छ ।