काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दर्शनका लागि पशुपतिनाथ पुगेका छन्। शनिबार साँझ उनी केही मन्त्रीहरुलाई समेत लिएर पशुपतिनाथ मन्दिर परिसर पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, पररराष्ट्रमन्त्री एनपी साउद, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती, वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलगायत पनि पशुपति पुगेका थिए।
प्रधानमन्त्री प्रचण्ड केहीसमयअघि मात्रै भारत भ्रमणबाट फर्किएका थिए। उनले भारतको उज्जैनस्थित मन्दीरमा पूजासमेत गरेका थिए। गेरुवस्त्र लगाएर पूजा गरेको तस्बिर सार्वजनिक भएपछि उनको तीव्र आलोचना भइरहेको छ। गेरुवस्त्र लगाउनुपर्ने मन्दिरको नियम रहेकाले आफूले गेरुवस्त्र लगाएको उनको भनाइ थियो।
भारतमा गएर पूजा गर्ने तर नेपालका मन्दिरहरूमा पुगेर पूजा नगर्ने विषय संसदमा समेत उठेको थियो। यसपछि उनले नेपालका पनि मठमन्दिरहरूमा पुगेर दर्शन र पूजाआजा गर्ने गरेको संसदमा जवाफ दिएका थिए।









सबै तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्री सचिवालय