परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर प्रतिवेदन दिन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर प्रतिवेदन दिन नयाँ नेपाली दूतावासलाई निर्देशन दिएको बताएका हुन् ।
उनले नयाँ संसद भवनमा राखेको अखण्ड भारतसम्बन्धी नक्सामा लुम्बिनी र कपिलवस्तु लगायत नेपाली भूभाग समेटिएको विषयमा भारत सरकारको आधिकारिक धारणा आएको बताए ।
उनले अखण्ड भारतको नक्सा म्युरलमा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनेर लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारबाट आधिकारिक धारणा आएको जानकारी गराएका हुन् ।