प्रतिनिधिसभाका समितिको सभापति निर्वाचनलगायत विषयमा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।
मंगलवार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख दलका शीर्ष नेताहरू सहभागी छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा उपस्थित छन् ।
बैठकमा कानूनमन्त्री धनराज गुरुङ पनि पुगेका छन् ।
समिति सभापति चयनका विषयमा बैठक आह्वान गरिएको संसद् सचिवालय स्रोतले बतायो ।

