नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधि सभा बैठक सारिएकोप्रति असहमति जनाएका छन् । आइतवार प्रतिनिधि सभा बैठक बस्दै नबसी सरेपछि उनले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि जनाएका हुन् ।
उनले आफूहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ सुन्न संसद् भवन पुगेको भन्दै बैठक किन सारियो भन्दै उनले प्रश्न गरेका छन् ।
‘हामी त प्रधानमन्त्रीको जवाफ सुन्न संसद् भवन पुगेका मात्र थियौं। प्रधानमन्त्रीकै अनुरोधमा आजको बैठक भोलि असार २५ गतेलाई सारिएको सूचना आयो,’जवाफ तयार गर्नुअघि कतै सोध्नु पर्ने हो कि ? किन सारिए छ ? को नि ?’

