काठमाडौँ । राजस्व अनुसन्धान विभागको टोलीले सेयर व्यवसायी राकेश अडुकियाको घरमा बुधबार छापा मारेको छ ।
कमलपोखरीमा रहेको उनको घरमा राजस्वको टोलीले छापा मारेको हो । टोलीले उनको घरमा छापा मारेर केही सामानसमेत जफत गरेको छ ।
सुन तस्करी गरी भण्डारण गरेको हुन सक्ने र त्यससबन्धी कुनै प्रमाण फेला पर्ने अनुमानको आधारमा उनको घरमा राजस्वले छापा मारेको हो ।

