गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका २ डीआईजी र १० एसएसपीको सरुवा गरेको छ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरूवा गरेको छ। प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआइजी अभिकुमार खत्रीलाई भने बिन्ध्यवासिनी बाहिनी मुख्यालय रूपन्देही पठाएको छ।
सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलालीमा सरूवा गरिएको छ।
त्यस्तै, एसएसपीहरू प्रवीण कँडेललाई प्रधान कार्यालय मानव स्रोत विभागबाट जवान तालिम शिक्षालय बाँके, दिगविजय सुवेदीलाई प्रधान कार्यालय कार्य विभागबाट दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी सरुवा गरिएको छ।
विश्वकुमार भट्टराईलाई बराह बाहिनी मुख्यालय सुनसरीबाट सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासी र भूपेन्द्र केसीलाई जवान तालिम शिक्षालय बाँकेबाट प्रधान कार्यालय मानव स्रोत विभागमा सरूवा गरिएको गृह मन्त्रालयले जनाएको छ।
त्यस्तै, एसएसपीहरू कमलप्रसाद तिउसिनालाई प्रशिक्षण प्रतिष्ठानबाट पाथिभरा जवान तालिम शिक्षालय झापा, नीरकृष्ण अधिकारीलाई विन्ध्यवासिनी बाहिनी मुख्यालय रूपन्देहीबाट बडीमालिका जवान तालिम शिक्षालय कैलाली, किरण बस्नेतलाई सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासीबाट प्रधान कार्यालय कार्य विभागमा सरुवा भएका छन्।
उद्धवबहादुर न्यौपानेलाई प्रधान कार्यालय भण्डार महाशाखाबाट पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ र किरण ढुंगानालाई बैधनाथ बाहिनी मुख्यालय कैलालीबाट प्रधान कार्यालय सीमा सुरक्षा विभागमा सरूवा गरिएको जनाइएको छ।

