काठमाडौं । परराष्ट्र मन्त्रीएनपी साउदले परराष्ट्र नीतिकोविषयमा नेपालआत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् ।
नेपालको परराष्ट्र नीतिको चुनौती र अवसर विषयककार्यक्रममामन्त्री साउदलेनेपालप्रतिकूल परिस्थितिमापनि सार्वभौमिकता, एकता र अखण्डता कायम राख्न सक्षमरहेको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको बताए ।
यस्तै, उनले राजनीतिकदलहरुकोबीचमा परराष्ट्र नीतिलाई लिएर विदेशीको समर्थन लिने प्रवृत्ति राष्ट्रका लागिदुर्भाग्यपूर्ण हुने भन्दै यसप्रतिध्यानदिनु आवश्यकभएको बताए ।
उनले भने, हाम्रो राष्ट्र धेरै लामो समयदेखि सुरक्षित छ । हाम्रो परराष्ट्रनीति, इतिहासको बुझाईमाआधारित छ । हाम्रो देश प्रतिकूल परिस्थितिमापनि सार्वभौमिकता, एकता अखण्डता कायम राख्न नेपाल सक्षम छ । त्यसकाराण धेरै आत्तिनु पर्ने छैन् । राजनीतिकदलहरुकोबीचमा परराष्ट्र नीतिलाई लिएर विदेशीको समर्थन लिने प्रवृत्तिहाम्रो राष्ट्रका लागिदुर्भाग्यपूर्ण हुन्छ ।
मन्त्री साउदले घरभित्रको राजनीतिकदलहरुको झगडाका लागिपनिविदेशीहरुको भूमिकाखोज्ने प्रवृत्तिले राष्ट्रको स्वतन्त्रता र स्वाभिमान जस्ता कुराहरु प्रभावितहुने बताए । यसकारण पनिराजनीतिकदलहरुबीचछलफल गरेर आफ्ना सीमाहरु निर्धारण गर्नुआवश्यकतारहेको उनको भनाइथियो ।
उनले भने, आफ्नो घरभित्रको राजनीतिकदलहरुको झगडाका लागिपनिविदेशीहरुको भूमिकाखोज्ने प्रवृत्ति छ । जुट्न नसक्ने वाअरुले फुटाउँने प्रवृत्ति राष्ट्रिय राजनीतिमाहाबीभयो भने राष्ट्रको स्वतन्त्रता स्वाभिमान जस्ता कुराहरु प्रभावित हुन्छन् । हामीले सबैभन्दापहिला राजनीतिकतहमै, राजनीतिकदलहरुको बीचमा छलफल र संवाद गरेर आफ्ना सीमाहरु निर्धारण गर्नुपर्ने, बनाउँनु पर्ने आवश्यकता छ ।
मन्त्री साउदले पार्टीगत रुपमापनिविभिन्न देशहरुसँग सम्बन्धहरु कायमभइरहेको चर्चा गरे ।
Breaking News
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

