हेटौडा । कुराे केही दिन अगाडिकाे हाे । नेपालीहरुको महान् चाड दशैं सबैको घर- घरमा लागिसकेको छ । टिकाको दिन धेरै जना आफ्नो घर फर्किन र टिका थाप्ने चटारोमा सबै देखिन्छन् । तर यता मेचि महाकाली राष्ट्रिय उद्धार यात्रामा रहेका मानवसेवाका अभियान्ताहरु भने सडक आश्रित मानवको उद्धारमा व्यस्त देखिन्छन् ।
चाडपर्वको समयलाई जोड गर्दै मानवसेवा आश्रमले ‘यसपालिको चाडपर्वमा कोही नरहून् सडकमा ‘भन्ने नारासहित ‘मेची महाकाली उद्धार यात्रा’ सुरु गरेको थियो । गत असोज २६ गते प्रधानमन्त्री निवासबाट यात्राको सफल शुभकामना् सहित यात्राको प्रारम्भ गरेका यात्रीहरु अहिले कार्तिक ७ गते पुग्दा मधेश प्रदेश पुगेका हुन्र । उद्धार यात्राको सूरुवात कोशी प्रदेशबाट गरेर हालको यात्रा मधेश प्रदेशमा भईरहेको छ ।
यसरी, यात्रीहरु यात्रामा निस्किएको समेत एक हप्ताबढि दिन भएको छ भने उद्धार सूरु गरेको ९ दिन भएको छ । दशैंतिहार र छठ पर्व सडक आश्रित मानवसँगै मनाउँने अभिप्रायले सूरु गरिएको यस यात्रामा ३ सय जना व्यक्तिको उद्धार गर्ने लक्ष्य आश्रमले लिएको थियो जसमा हालसम्म ९१ जना व्यक्तिको उद्धार गरिएको छ । उद्धार गरिनुअघि उनिहरु सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन बिताउन विवश थिय भने धेरै जसोको मानसिक अवस्थासँग जुधिरहेको अवस्थामा थिय ।
यिनै सहयोगेपेक्षि (बेसहारा, असहाय, अशक्त, अनाथ, शारीरिक तथा मानसिकरूपमा कमजोर मानव)मुक्त राष्ट्र नेपाल निर्माण, घोषणा र त्यसको कार्यान्वयनको लागी मानवसेवा आश्रमले आफ्नो स्थापनाकालदेखि निति तथा व्यवस्थामा पहल गरिरहेको छ । उद्यपि, यसको पहल र लक्ष्य प्राप्तिको लागी आश्रमको मेचि-महाकाली राष्ट्रिय उद्धार यात्रा कोशी प्रदेश हुँदै मधेश प्रदेशको यात्रा समेत सकिएको छ ।
यात्राको सूरूवात कोशी प्रदेशबाट
यात्राको सुरुवात कोशी प्रदेशको झापाको मेचिपुल र सुरुङ्गा क्षेत्र हुँदै झापाको दमक र मोरङको उर्लाबारी क्षेत्रबाट विराटनर महानगरपालिका, इटहरी नगरपालिका र धरान उपमहानगरपालि, त्रियुगा नगरपालिका गाइघाट हुँदै विभिन्न ठाँउहरुमा गरिएको उद्धार यात्राले यसरी चारदिन सम्म कोशी प्रदेशमा दशैंको संघारमा १३ महिला, ३१ पुरुष र २ जना बालिका सहित ४६ जनाको उद्धार गर्न सफल भएको छ । सडकमा विवश जिवन विताउँन बाध्य उनीहरुको अनुसारमा उद्धारपछिको खुसी स्पष्ट देख्न सकिन्थयो ।
कोशीपछि मधेस प्रदेश कस्तो रह्यो ?
कोशी प्रदेशमा उद्धार कार्य सकिएसँगै अभियान्ताहरुले कार्तिक २ गतेबाट मधेश प्रदेशको यात्रा सुरु गरेका थिय। अभियान्ताहरुले मधेश प्रदेशमा सिराहा जिल्लाको लहान नगरपालिका, मिथिला नगरपालिकाबाट जनकपुर, बर्दिबासदेखि वीरगंजसम्म आइपुग्दाअहिलेसम्म ४८ जनाको उद्धार गरिएको छ । जसमा महिला १३ र पुरुष ३५ जना रहेका छन् । यससँगै, उद्धार भएकै समयमा उद्धार गरिएको एक जना पुरुषको पारिवारिक मिलन समेत गरिएको छ । विहान र बेलुका चिसो मौसम सुरु भईरहँदा दिउँसोको तातो सडकलाई घर बनाएका उनीहरु अब आश्रमको न्यानो छाहरी पाउने भएका छन् ।
यसरी, दुई प्रदेशमा उद्धार सकिदा हालसम्म ९४ जना सडक मानवको उद्धार गरिएको छ भने महिला २६, पुरुष ६६ र बालिका २ जनाको उद्धार भएको छ ।
मानवसेवा आश्रम मार्फत आफ्नो सपना पुरा गर्दै: आनी
यो यात्रामा मानवसेवा आश्रम मात्र थिएन, यात्रालाई थप हौसलादिन आनी छ्योइङ डोल्मा फाउन्डेसनको भरपुर साथ समेत रहेको थियो । यात्राको सम्पूर्ण खर्च बेहोरी आनी छ्योइङ डोल्मा फाउण्डेसनले यात्रीको कठिन योजनालाई सहज मात्र बनाएन उद्धारमा आनीको साथले यात्राले थप सहजसमेत बनाएको थियो । उद्धारको हरेक काममा हात सगाउनु भएको बौद्ध भिक्षुणी तथा गायिका आनीले यो यात्रामा सार्थकता प्राप्त गर्दै जिवनको आनन्द लिएको उहाँको आफ्नै शब्द छ ।
बच्चैदेखि समाजसेवाको अटुट भावना बोक्नु भएको आनी यस यात्रामा उद्धार गरिएका प्रत्येक व्यक्तिसँग आफ्नो हृदय जोड्नु भएको छ । समाजलाई जोगाउन नैतिक शिक्षाको जगमा जोड गर्ने आनी मानव धर्ममा त्यति नै विलिन हुनुन्थयो । यता मेचि– महाकाली राष्ट्रिय उद्धारको क्रममा मानवसेवासँग भएको सहकार्यमा समेत कृतज्ञ व्यक्त गर्नुभएको छ । मानव धर्मलाई सर्वौपरि ठान्ने आनी आगामी मङसिर ४ गतेसम्म चल्ने उद्धार यात्रामा सहयात्रा गर्ने बताउँनु भएको छ ।
सडक आश्रित किन् ?
यस यात्रामा उद्धार भएका व्यक्तिहरु धेरै जसो युवा उमेर समुहको देखिन्छन् । कुनै बेला सामान्य जिवनयापन विताईरहेको व्यक्ति समेत एउटा अन्तरालमा विभिन्न समस्यासँग जुधेर सडकमा आईपुग्छ र सडक जिवन विताउँन बाध्य हुन्छ।
उद्धारको क्रममा समेत धैरे जसो व्यक्तिहरु गरिबि, शारिरीक तथा मानसिक अपाङगता, पारिवारिक बेमेल र बुढौलीको हेलाका साथै लागुऔषधको उच्च प्रयोगले सडकसम्म पुर्याएको अवस्था छ । यसको व्यवस्थापनमा मानव सेवा मात्र नभएर सरकारको समेत ध्यान पुग्न जरुरी छ ।
आश्रमको लक्ष्य प्राप्तिको यात्रा
मानवसेवा आश्रमको यो यात्रा, यात्रामा समित थिएन । यो यात्राले देशमा रहेका मानव सडकको जिवनदेखि सरकारको लक्ष्यलाई प्राप्तिलाई आत्मसाथ गर्दै देशलाई सडक मानव मुक्त बनाउँने छ।
स्थापनाकालदेखि लिएको लक्ष्य हासिलको लागी आश्रमको यो तेस्रो यात्रा हो । आगामी २०८२ सालसम्ममा मानवमुक्त सडक बनाउँने हुटहुटीले यस वर्षको चाडपर्व समेत यात्रीले सडक आश्रितसँगै मनाउँने भएका छन् ।
मेचीदेखी महाकालीसम्म रहेको यस उद्धार यात्रीमा यात्रीहरु अझै वागमती, कर्णाली, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेश जान बाँकी नै छ । यही यात्राबिच नेपालीको महान् चार्ड वडादशैं, तिहार र छठ पर्व समेत परेको छ यद्यपि, यात्राको क्रम रोकिन नदिने प्रण आश्रमले लिएको छ ।

