भरतपुर । गत मंसिर ६ गते भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकको कल्भर्ट मुनि बोरा भित्र बाँधिएको अवस्थामा फेला परेका दुई मृतकको पहिचान खुलेको छ । घटनाको ४६ दिन पछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान भएको स्रोतले जानकारी दिएको छ । घर भारत भइ भरतपुरमा व्यपार गरि वस्ने उनीहरु नाताले श्रीमान श्रीमती रहेको स्रोतले बताएको छ । घटनाका पीडक भने भारतमै रहेको खुलेको छ ।
भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकको कल्भर्ट मुनि बोरा भित्र बाँधिएको अवस्थामा एक पुरुष र महिलाको शव फेला परेको थियो । सिआइवी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो । २ पटक सम्म मृतकको शव स्केच सार्वजनिक गरिएको थियो ।