चितवनको माडी स्थित अयोध्यापुरीवासीहरुको सामाजिक संस्था साविक अयोध्यापुरी माडी – भरतपुर सम्पर्क समाजकोको दोस्रो साधारण सभा तथा बनभोज कार्यक्रम आज शनिबार सम्पन्न भएको छ । माडीको अयोध्यापुरी घर भै भरतपुर महानगरपालिका र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका स्थानियवासीहरुको सामाजिक संस्था सम्पर्क समाजको दोस्रो साधारण सभा पदमपुर स्थित भिमवली पार्कमा सम्पन्न भएको हो । साधारणसभाको प्रमुख अतिथी सामाजिक तथा शैक्षिक ब्यक्तित्व देवि बहादुर केशी रहनु भएको थियो । साधारणसभामा समाजले हाल सम्ममा भए गरेका काम र आगामी कार्यक्रम तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । सोही कार्यक्रममा कुर्ची चाल , निर्त्य , घ्याम्पो फोड लगायतका प्रतियोगित सम्पन्न गरि पुरस्कार बितरण गरिएको थियो । साधारणसभा कार्यक्रममा सम्पर्क समाज लाई सहयोग पुर्याउनु हुने तथा बिशिष्ठ योगदान दिने १० जना ब्यक्तित्वहरु लाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा बुद्दिजिबी परिषदका अध्यक्ष तथा जनजिवन मा.बि.का पुर्व प्रधानध्यापक शोभाखर गौतम, शिक्षाबिद प्रेमहरी सुवेदी , सामाजिक अगुवा हिमाल गरुङ लगायतले सम्पर्क समाजको सफलताको कामना गर्नु भएको थियो । सम्पर्क समाजका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजका सचिव रामप्रसाद भण्डारीले गर्नु भएको थियो ।
Breaking News
- इन्टरनेट पहिलेकै गतिमा फर्काउन पहल भइरहेको छ : सञ्चारमन्त्री शर्मा
- इलाममा घण्टीको जमानत जफत, मिलन ५ हजार ५० भोटमा रोकिए
- इलाममा बाउछोरा दुवैसँग हारे कांग्रेसका डम्बर
- इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- इलाम–२ मा गनिसकियो आधा मत, सुहाङलाई ५३ सयको अग्रता
- इलाममा सुहाङ ५ हजारभन्दा बढी मतको अग्रतामा
- इलाम–२ मा अग्रता बढाउँदै सुहाङ, दोस्रोमा डम्बर र डकेन्द्रको प्रतिस्पर्धा
- डम्बरसँग मतान्तर बढाउँदै सुहाङ, करिब २२ हजार भाेट गन्दा २६१८ ले लिड