चितवनको माडी स्थित अयोध्यापुरीवासीहरुको सामाजिक संस्था साविक अयोध्यापुरी माडी – भरतपुर सम्पर्क समाजकोको दोस्रो साधारण सभा तथा बनभोज कार्यक्रम आज शनिबार सम्पन्न भएको छ । माडीको अयोध्यापुरी घर भै भरतपुर महानगरपालिका र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका स्थानियवासीहरुको सामाजिक संस्था सम्पर्क समाजको दोस्रो साधारण सभा पदमपुर स्थित भिमवली पार्कमा सम्पन्न भएको हो । साधारणसभाको प्रमुख अतिथी सामाजिक तथा शैक्षिक ब्यक्तित्व देवि बहादुर केशी रहनु भएको थियो । साधारणसभामा समाजले हाल सम्ममा भए गरेका काम र आगामी कार्यक्रम तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । सोही कार्यक्रममा कुर्ची चाल , निर्त्य , घ्याम्पो फोड लगायतका प्रतियोगित सम्पन्न गरि पुरस्कार बितरण गरिएको थियो । साधारणसभा कार्यक्रममा सम्पर्क समाज लाई सहयोग पुर्याउनु हुने तथा बिशिष्ठ योगदान दिने १० जना ब्यक्तित्वहरु लाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा बुद्दिजिबी परिषदका अध्यक्ष तथा जनजिवन मा.बि.का पुर्व प्रधानध्यापक शोभाखर गौतम, शिक्षाबिद प्रेमहरी सुवेदी , सामाजिक अगुवा हिमाल गरुङ लगायतले सम्पर्क समाजको सफलताको कामना गर्नु भएको थियो । सम्पर्क समाजका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजका सचिव रामप्रसाद भण्डारीले गर्नु भएको थियो ।
Breaking News
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

