४, फागुन, चितवन ।
समाजसेवी विष्णु अधिकारी र शोभा अधिकारीले ३६ औं वैवाहिक बार्षिकोत्सवका अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुर घर भएका अधिकारीले प्रेस चौतारी चितवनको निर्माणाधीन भवनमा आएर १० हजार नगद चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई हस्तान्तरण गरेका हुन् ।
प्रेस चौतारीको देश कै पहिलो भवन चितवनमा बन्न लागेको प्रति खुसी भएको भन्दै अधिकारीले भवन निर्माणमा इट्टा थप्ने मात्रै प्रयास गरेको बताए । भरतपुर महानगरपालिका वडा नं. २ का पूर्व जनप्रतिनिधीसमेत रहेका अधिकारीले भवन निर्माणमा सबैले सकेको सहयोग गर्दा पत्रकारहरुको सपना पूरा हुने बताए । भवन निर्माणमा आफूले पहिल्यैदेखि सहयोग गर्न चाहेको बताउँदै उनले सबैले आआफ्नो ठाँउबाट सकेको सहयोग गर्न अपिल गरे ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले अधिकारी दम्पतीको वैवाहिक बार्षिकोत्सवको शुभकामना दिँदै चौतारीलाई सम्झिएर सहयोग गरेकोमा धन्यवाद दिए । उनले जन्मदिन तथा बैवाहिक बर्षिकोत्सवका अवसरमा समाजिक सेवामा सर्मपित भएर सहयोग गर्ने धेरै हातहरुबाट चौतारीको भवन निर्माणमा सहयोग पाएको बताए ।
चितवनको भरतपुर–११ बसेनीमा निर्माण हुँदै गरेको भवनको देशभरका सञ्चारकर्मीहरुका लागि ओत लाग्ने छहारी हुने अध्यक्ष पण्डितले बताए । समाजसेवी केशव कार्कीले प्रदान गरेको ९ धुर जग्गामा चौतारी चितवनको भवनका काम धमाधम भैरहेको छ । भवनको दोस्रो तलासम्मको ढलान गरेर अहिले फिनिसिङ्ग काम भैरहेको छ । भवनको पहिलो तलामा कार्यालय कक्ष, दोस्रोमा हल र तेस्रो तलामा आवासिय कोठाहरु रहनेछन् । भवनको लागत १ करोड ५० लाख अनुमान गरिएको छ ।
Breaking News
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

