चितवन, वैशाख ९ – नेपाल उत्पीडित जातीय मुक्ति समाज माडीको अध्यक्षमा गीता विक चयन भएकी छन् ।समाजको दोस्रो नगर अधिवेशनले विकको नेतृत्वमा २५ सदस्यीय कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षहरुमा श्रीकुमारी विक, तुलाराम सार्की, सचिव धनबहादुर सुनार, उपसचिवमा शान्ता घकाने, भाग्यश्री गायक र कोषाध्यक्षमा सृजना परियार रहेका छन् ।
सचिव लक्ष्मण सदाशंकरले सञ्चालन गरेको कार्यक्रम नगरकमिटी अध्यक्ष डिलबहादुर गायकको अध्यक्षतामा भएको छ ।
मुक्ति समाजका केन्द्रीय सदस्य गोपाल परियारको प्रमुख अतिथि रहेको कार्यक्रममा नेकपा एमाले माडी नगर कमिटी अध्यक्ष नारायण अधिकारी, मुक्ति समाजका नेताहरु कृष्ण बयरकोटी, विजय विक, कमल रामदाम, भुवन प्यासी, तुलाराम विक, विरबहादुर सुर्खेती, एजी परियार, बाबुराम बसेललगायतको उपस्थिति रहेको थियो ।
Breaking News
- भारतमा डढेलोमा परेर दुई जना नेपाली युवाको मृत्यु
- इन्टरनेट पहिलेकै गतिमा फर्काउन पहल भइरहेको छ : सञ्चारमन्त्री शर्मा
- इलाममा घण्टीको जमानत जफत, मिलन ५ हजार ५० भोटमा रोकिए
- इलाममा बाउछोरा दुवैसँग हारे कांग्रेसका डम्बर
- इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- इलाम–२ मा गनिसकियो आधा मत, सुहाङलाई ५३ सयको अग्रता
- इलाममा सुहाङ ५ हजारभन्दा बढी मतको अग्रतामा
- इलाम–२ मा अग्रता बढाउँदै सुहाङ, दोस्रोमा डम्बर र डकेन्द्रको प्रतिस्पर्धा