पृय Rabiज्यु! ( सम्माननिय गृहमन्त्री ज्यु!)
रबि जि! खै कहाँबाट थालनी गरौँ यो पत्रको सुरुवात! जब तिमी सिधा कुरा मार्फत देश बिदेशमा रहेका अावाज बिहिन दिन -दुखि र पिडितहरुको न्यायको पक्षमा अाफ्नो मिडिया मार्फत अावजहरु बुलन्द गर्दै राहत र न्याय दिलाउदै गएअौ तब नेपाली जनताहरु तिम्रो पक्षमा खम्बा बनेर यतिभाँति उभिएकि जुनकुरा यहाँ शब्दमा उल्लेख ब्याख्या गर्नपनि असमर्थ छु।सुरुका दिनहरुमा त मेरो पनि मन तिमीले जितेउ र म पनि तिम्रै पक्षमा नै चट्टान बनेर उभिन पुगेको थिएँ।पछि बिस्तारै बिस्तारै तिमी धेरै कुराहरुबाट बिबादमा तानिदै अाएको कुरालाई पनि नकार्न बिल्कुलै सकिँदैन। यसरी नेपाल र नेपाली जनताहरुको पक्षमा केही गर्छु भनेर हुटहुटी बोकेर अाएको अाषा भरोसा गरिएको होनहार युवा नै यसरी बिबादमा तानिएपछि मनमा केही खिन्नता लिदै सुझाब स्वरुप यो पत्र लेखिरहेको छु यसैले अन्थ्या नलिनु रबि ज्यु ल।
“गल्ती नगर्नु नडराउनु” भन्छन् तर यहाँ त तिमी मात्रै होइन प्रचण्ड अोली पनि डराएर त्रसित भएर संसदीय उच्चस्तरीय छानबिन समिति बनाउनु भन्दा संसद अधिबेशन नै अप्रत्याशित रुपमा नाटकिय ढंगबाट अन्तय गर्न पुगे।यसरि रबि तिमी डराउनु त स्वभाबिकै होला तर प्रचण्ड र अोली किन यसरी डराए त्रसित भएर छानबिन समितबाट भागे त???? यो पनि खोजि अनुसन्धानको बिषय छैन र रबि ज्यु?
छानबिन समितिबाट भाग्न खोज्ने रबि महोदय ज्यु! काउली रअालु अनि अालु र काउलीको तरकारीको कथा फेसबुकमा पोष्ट गर्दैमा र बाह्र भाइ र तेह्र भाइ भन्दै पत्रकारहरुलाई गालि गर्दैमा तिमी चोखो राम्रो ईमानदार हुन सक्छौ र रबि??? यदि समचारहरु गलत हुन् भने गलत समचार सम्प्रेषण गर्नेहरुलाई कार्बाहि गर्ने कि “म बाट सहकारी ठगी भएको छैन” भन्दै पष्टिकरण दिदै फेसबुकको साहारा लिएर बस्ने गृहमन्त्री ज्यु??? कार्बाहि गर्ने सम्बन्धित निकायमा भएको गृहमन्त्रीले पनि यस्तो लाजमर्दो कुरा गरेर दुनियाँ हसाउन सुहाउछ र रबि ज्यु?
रबि ज्यु! यदि तिमी अहिलेपनि पत्रकारिता गरिरहेको भए छानबिन समितिबाट सरकार भागेको यस कुरालाई लिएर घाँटिका नशा चुडिने गरि घोक्रो फुलाई फुलाई कति चिच्याउथेउ होला रबि ज्यु? जब तिमी प्रतिपक्षमा थिएउ उसबेला सुनकाण्डको बिषयलाई लिएर छानबिन समितिको माग गर्दै संसदमा घोक्रो फुलाई फुलाई तिमी पनि चिच्याएर संसद अबरुद्ध गरेका थिएनौं र रबि ज्यु? तर अाज तिमी नै छानबिन समितिबाट डराई किन यसरी भागि रहेका छौ? तिम्रो साहारा लिएर प्रचण्ड अोलि अाफ्ना घृणित हर्कतहरु छिपाउ लुकाउनको निमित्त अनि गठबन्धन सरकार जोगाईरहन बचाईरहनको निमित्त प्रमुख न्यायाधीश बनेर तिमीलाई सहकारी ठगिमा सुनपानीले छर्केर चोख्याउन खोज्दै तिमी निर्दोष भएको कुरा उनिहरुले उद्घोष गरिरहेका छन्। उनिहरको घृणित खेलको सपोर्टमा तिमी पनि मस्त हात्ती बन्दै किन नाच्न रमाउन खोज्दै छौ रबि ज्यु?
मानिलिउँ कि सहकारी ठगिमा तिम्रो कुनै सम्लग्नता नभएको भए उच्चस्तरीय छानबिन समितबाट किन डराएर भाग्नु परयो र रबि ज्यु??? छानबिन समित बनाएर सदाको निमित्त क्लिन चिट सफाई लिए हुदैन र रबि ज्यु? के यसरी भागेर छल्न खोजेर तिमीले सफाई पाउला त? “चोरको खुट्टा काट” भनेपछि चोरले ल्वात्त खुट्टा तानेझैं किन तिमीले पनि खुट्टा ल्वात्त तानिरहका छौ रबि ज्यु?
मानिलिउं कि तिमी ग्यालेक्सी टिभीका एउटा स्टाफ कर्मचारी मात्रै थिएअौ । अनि ग्यालेक्सीले लिएको करोडौं ऋण बारे तिमीलाई केही थाहा नहुन पनि सक्थ्यो होला। तर ग्यालेक्सी टिभीको एउटा संचार कर्मीले महिनाको अाठ लाख तलब र दुई तीन करोडको गाडि सुबिधा पाउँदा के अरु स्टाफ कर्मचारिहरुले पनि २०/५० हजार देखि लिएर २/४ लाख तलब खाएनन् होला र? अनि एउटा मिडियाले अाफ्ना स्टाफ कर्मचारीलाई यतिभाँति तलब भत्ता सुबिधा दिने पैसा कहाँबाट ल्यायो होला? अाम्दानी श्रोत के थियो होला? के बिज्ञापनको अाम्दानीले मात्रै यतिभाँति तलब भत्ता सुबिधा दिन पुग्छ र रबि ज्यु? कतै हामीहरुले लिएको खाएको तलब भत्ता सुबिधा अबैध पैसा त होइन भनेर किन खोजतलास गरेका थिएनौं रबि ज्यु? पत्रकारिता गर्दा अरुको त अान्दाभुंडी खोतलेर अान्द्राभुंडी भित्रको पनि बाहिर ल्याउन खोज्थेउ तर अाफुले लिएको तलब भत्ता सुबिधा बैध अबैध के हो भनेर किन जान्न बुझ्न पनि चाहेनौँ रबि ज्यु? कि जानेर बुझेर बुझ पचाएर तलब भत्ता सुबिधामा रमाउन चाहन्थेउ रबि ज्यु? उही पनि “ग्यालेक्सी टिभी संचालन गर्न सहकारीबाट ऋण लिन हुन्न भन्ने कुरा मलाई थाहा भएन” भनेर तिमीले नै ऋण लिईसकेको कुरालाई स्विकार गरि सकेका छैनौं र रबि ज्यु? अनि तिमीले सहकारीबाट ऋण लिएपछि तिमी दोषी नभएर निर्दोष कसरी छौ भन्न सकिन्छ र रबि ज्यु? उहि पनि #ग्यालेक्सी_टेलिभिजन तिम्रै दलबलले तामझामकासाथ तिमीले नै खोलेका थिएनौं र रबि ज्यु? तिमीले नै संचालन गर्न लागेको टेलिभिजन भनेर देश बिदेशबाट नेपालीहरुले अार्थिक सहयोग गरेका थिएनन् र? ग्यालेक्सी टिभी भन्ने बित्तिकै अाम जनताहरुले रबिलाई सम्झन्छन् कि जिबी राईलाई रबि ज्यु? के मैले यहाँ लेखिरहनु पर्ला र रबि ज्यु? माथि पस्किएका यिनै सत्य तथ्य कुराहरु अनि तिम्रो खातमा विभिन्न ब्यक्तिहरुबाट पैसा जम्मा भइरहेका यथेष्ट प्रमाणहरु अाइरहदा पनि तिमी कसरी निर्दोष छौ भन्न सकिन्छ र रबि ज्यु? चाहे जानमा होस् चाहे अनजानमा होस् तर तिमी १००% दोषी छौ भन्न सकिदैन र रबि ज्यु?यदि कसैले सहकारी ठगीमा तिमीलाई निर्दोष भन्छ भने उ कि त तिम्रो अन्धभक्त भेडो हो कि त उ तिम्रो सहयोगमा र समर्थनमा अाफ्ना घृणित कर्तुतहरु लुकाउन चाहन्छ भन्न सकिन्छ जस्तो लाग्छ ।
रबि ज्यु! तिमीले अरुमाथि निकै नैतिकताको प्रश्न उठाउदै घोक्रो फुलाउदै नैतिकताको पाठ सिकाएका थिएउ तर अाज अाफुलाई पर्दा कता गयो कता हरायो तिम्रो त्यो नैतिकताको पाठ रबि ज्यु? पहिलो कुरा त तिमीमाथि अभियोग लागिरहेको अबस्थामा गृहमन्त्री हुन लायकै थिएनौं।गृहमन्त्री बन्न लायक नभएको मान्छे पनि गृहमन्त्री हुन बहुतै लालायित भएपछि प्रचण्ड अोलीले पनि अाफ्नो स्वार्थको निम्ति गृहमन्त्री बनाएका होइनन् रबि ज्यु? अब अरुलाई नैतिकताको पाठ सिकाउने रबिले तुरुन्तै गृहमन्त्रीबाट राजिनामा दिएर अनुसन्धानलाई सहज बनाउन सहयोग गर्नुपर्ने होइन र रबि ज्यु?
पृय रबि ज्यु! अब तिमीले नैतिकता भन्ने कुरा अरुलाई बिक्री गरिसकेपछि बरु अझै केहि दिन महिना गृहमन्त्रीबाट राजिनामा नदिईकन इतिहास रचिने गरि लेखिने गरि तल उल्लेखित केही राम्रा काम गरेर बल्ल राजिनामा दिने कि रबि ज्यु?
•पत्रकार हुदा लडाकु शिबिरमा (क्यान्टोनमेन्ट)भएको घोटला बारेमा निकै घोक्रो फुलाएर चिच्याएका रबिले उक्त फायल खोलर प्रचण्डलाई पकाउ गर्ने कि रबि ज्यु?
•शालिग्राम पुडासैनी काण्ड हत्या हो कि अात्महत्या? हत्या भए हत्यारा पत्ता लगाउ। अात्महत्या भए दुरुत्साहन अभियोगमा दोषीलाई कार्बाहि गर। तिमीले नै भनेका थिएउनौ र पुडासैनीको हत्यारा ३ मिनेटमा पत्ता लगाउन सक्छु भनेर रबि ज्यु?
• पैसाको प्रलोभनमा परेर निर्मला ,पन्तको हत्यारा दिलिप बिष्टनै हो भन्दै घाँटीका नशा चुंडिनेगरि घोक्रो फुलाई फुलाई चिच्याएका थिएउ भने अहिले गृहमन्त्री हुंदा किन दिलिप बिष्टलाई पक्राउ गर्दैनौं त रबि ज्यु? अब पनि उहि निर्दोष दिलिपलाई पक्राउ गरेर कार्बाहि गर्छौ कि बास्तबिक दोषीलाई पक्राउ गर्छौ रबि ज्यु? छिट्टै वास्तविक दोषीलाई कार्बाहि गरेर पिडित पक्षलाई न्याय दिएको देख्न पाईयोस् रबि ज्यु!
•चप्पल पड्काएर राजनीतिमा होमीएका बिष्णु पौडेल कसरी काठमाडौंमा रातारात गगनचुम्बी महलका मालिक भए? भन्दै खरो प्रश्न गर्ने तिमी नै थिएउ होइन र रबि ज्यु? अब गृहमन्त्री रबिलेे नै अनुसन्धान गरि बास्तबिकता कुरा हामी जनताहरु समक्ष कहिले ल्याउछौँ रबि ज्यु?
•भ्ष्टचारिहरुलाई टुंडीखेेलमा झुन्ड्याएर उफ्रि उफ्रि नाकको डाँडी भाँचिने गरि हान्न मन छ भन्दै घोक्रो फुलाउने गरेका रबिले खै कति जनाको नाकको डाँडी भाचेउ रबि ज्यु? तिमीले त करोडौंको भष्टचार अभियोग लागेका कृष्ण बहादुर महरा बालकृष्ण खाँड बिनोद चौधरी दिपेश पुन लगायतकाहरुलाई हस्पिटलमा नाटकिय उपचार गराएर नाकको डाँडी नभांचिकनै २/४ लाख धरौटीमा छोडिरहेका छौ त रबि ज्यु किन? खै त भष्टचारिहरुको नाकको डाँडी भाचेको रबि ज्यु? अरुको नाकको डाँडी भाच्छु भनी उद्घोष गरेका रबिको नै कतै नाकको डाँडी हामीहरुले भाच्न पर्ने त होइन भन्ने लागिरहेको छ किन होला रबि ज्यु?
•बिदेश भएका नेपालीहरुलाई स्वदेश ल्याउछौँ र स्वदेशमै रोजगार दिन्छौँ भन्दै घोक्रो फुलाएका होइनौं र रबि ज्यु? अब तिमीले बिदेश गएर हाफ्ना परिवारहरुको पालन पोशण गरि शिक्षादिक्षा दिने साथै रेमिटेन्स पठाएर नेपालको अर्थतन्त्र धानेका नेपालीहरुो चिन्ता गर्नुभन्दा बरु स्वदेशमै रहेका नेपालीहरुलाई स्वदेशमै उचित रोजगारको ब्यबस्थापन गरे हुदैन र रबि ज्यु?ऋणधन गरि विभिन्न किसिमका गाडीहरु किनेर नेपालमै गरि खान्छु भन्ने गाडि चालकहरुलाई किन तिम्रा घुसखोरी ट्राफिक पुलिस प्रशासनले अनेक दुख झन्झट दिई गरिखानबाट पनि बन्चित गर्न खोजिरहेका छन् रबि ज्यु? प्रशस्त बाटो सडक हुहांपनि किन अटोलाई सडकमा हिड्न दिईरहेका छैनन् घुसखोरी ट्राफिक पुलिसहरुले रबि ज्यु?एकपटक तिम्रै निर्वाचन क्षेत्र नारायणगढ पुलचोमा अाएर गहन निरिक्षण गर्ने अनुरोध गर्दछु गृहमन्त्री ज्यु!
•सहकारी ठगहरुलाई पक्राउ गरि उनिहरु मार्फत नै पिडित जनताहरुको ठगिएको रकम ब्याज सहित फिर्ता गराई पिडितहरुलाई न्याय दिन किन ढिलाइ भईरहेको छ रबि ज्यु?
रबि ज्यु! बास यति काम छिटो गरेर नैतिकता बिक्री गरेिसकेका रबिले छाबिन समिति बनाएर गृहमन्त्रीबाट राजिनामा दिनु नै उत्तम हुनेछ। पुडासैनी काण्डमा भेडा जनताहरुको भिड दबाबले गर्दा पाँच लाख धरौटीमा जेलमुक्त भएको कुरालाई स्मरण गर्दै फेरिपनि तिनै भेडा जनताहरुको अाषा भरोसा र साहारामा गृहमन्त्री पदमा झुन्डि रहन चाहन्छौ भने त्यहाँ भन्दा घृणित कार्य यो दुनियाँमा अरु केही हुने छैन रबि ज्यु! चेतना भया! कुनैपनि काण्ड घटनामा कसैलाई बिना प्रमाण अभियोग लगाएर पक्राउ गरिन्छ र उ पछि निर्दोश साबित भएको खण्डमा बिगोरकम सहित क्षतिपूर्ति पाएर उक्त ब्यक्ति रिहाइ हुन्छ तर धरोटी रकम बुझाएर कोहि पनि रिहाइ हुदैन भन्ने कुरा पनि तिम्रा अन्धभक्त भेडाहरुलाई र तिमीलाई ज्ञान छैन र रबि ज्यु? चेतनाभया रबि ज्यु!
लत अन्त्यमा फ्रिपनि यस्तै सुझाब सल्लाह दिने बाचा गर्दै फेसबुक मार्फत लेखेको यस पत्रबाट अहिलेलाई बिदा चाहन्छु सम्माननिय गृहमन्त्री रबि ज्यु!
रबि जि को शुभचिन्तक
-बसन्त राज अर्याल
माडी नगरपालिका_९
कृष्णनगर, टम्टाबजार