चितवन, बैशाख २८ – चितवनको माडीमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ ।
घरनजिकै काम गर्ने क्रममा आज अपराह्न बिजुलीको पोलमा रहेको तारमा छोइँएर माडी-२, जीवनपुर बैराठ निवासी अन्दाजी ५३ बर्षका शिवप्रसाद मर्दनीयाको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका मर्दनीयको बसन्तपुरस्थित बघौंडा अस्पतालमा पुर्याउदै गर्दा उनको मृत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लैजाने तयारी गरिएको ईलाका प्रहरी कार्यालय बसन्तपुर माडीले जनाएको छ ।