चितवन , बैशाख ३० – नेकपा एमाले चितवनले आगामी जेठ १० गते देखि १२ गते सम्म तय गरेको ११औ जिल्ला अधिवेशन दुई दिन पछाडी सारेको छ । एमाले चितवनले विशेष कारण जनाउदै जिल्ला अधिवेशनको मिति दुई दिन पछाडी सारेको हो ।
विशेष कारणले जेष्ठ १० गते देखि १२ गते गर्ने भनिएको नेकपा एमालेको ११औं जिल्ला अधिवेशन १२ गते देखि १४ गते सम्मका लागि तय गरिएको एमाले जिल्ला अध्यक्ष राम प्रसाद न्यौपानेले बताउनु भयो । उहाँले अधिवेशनको तयारी तीब्र भैरहेको र प्राबिधिक कारणले अधिवेशन दुई दिन पछाडी सारिएको बताउनु भयो ।
एमालेले चितवनले ११औ जिल्ला अधिवेशनका लागि हिजो शनिबार जिल्ला भरिका पालिकाका ९८ वटा वडा र नगर बाट प्रतिनिधि चयन गरिसकेको छ ।