चितवन , जेठ १२ – नेकपा एमाले चितवनको ११औं जिल्ला अधिवेशन आज शनिबार बाट सुरु हुदैछ । सो पार्टीको जिल्ला कमिटीले अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको र एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले आज दिउँसो ग्यालेक्सी रिसोर्टमा उद्घाटनले गर्ने जनाएको छ ।
जेठ १४ गते सम्म चल्ने जिल्ला अधिवेशनले पार्टीको जिल्ला नेतृत्व सहित सिंगो कमिटी चयन गर्ने जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो । अधिवेशनमा जिल्लाका ७ पालिका, विभिन्न जनवर्गीय संगठन, सम्पर्क मञ्च लगायत गरी ७३२ जना र २९ मनोनित गरी ७६१ जना प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र दुई जना उपसचिव सहित १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । जिल्ला कमिटीमा कम्तिमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको छ ।
अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष न्यौपानेको संयोजकत्वमा ४९९ सदस्यीय मूल व्यवस्थापन समिति, अध्यक्ष न्यौपानेको संयोजकत्वमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन उपसमिति, सचिव प्रकाश खनाल शैलेशको संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा सम्मान कार्यक्रम व्यवस्थापन उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, भक्तिप्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति बनाएको जनाएको छ ।
अधिवेशनको अबसरमा आज १२ गते विहान अनेरास्ववियु चितवन र राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
Breaking News
- ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव
- टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
- चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
- जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
- जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला
- भू-सेवा केन्द्रको धरौटी बढ्यो, घरजग्गा कारोबारको अनुमति दस्तुर कति?
- काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोकिँदा दुई युवकको मृत्यु
- प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्दै

