चितवन , जेठ २३ – चितवनको माडीमा बाँदरमुढे बम बिष्फोटको कहाली लाग्दो घटना भएको आज १९ वर्ष पूरा भएकाे छ ।
वि.सं. २०६२ साल जेठ २३ गते माडीबाट नारायणगढ तर्फ जाँदै गरेको यात्रुबाहक बस तत्कालिन विद्राेहि नेकपा माओवादीले थापेको विधुतिय धरापमा परि ३ सुरक्षाकर्मीसहित ३८ जनाको घटनास्थलमै ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । पछि थप ४ जनाको समेत मृत्यु भएको थियो ।
बाँदरमुढे घटनाको सत्यतथ्य छानबिन गर्दै पिडित परिवारले १८ वर्षदेखि संघर्ष समिति बनाएर न्यायको लागि भौतारीरहेका छन् । तर हाल सम्म पनि उनीहरुको सम्बोधन नभएको पिडितहरुको गुनासो छ ।
हरेक वर्ष जेठ २३ मा बाँदरमुढेस्थित स्मारकस्थलमा कार्यक्रम हुने गरेको भएपनि दोषि पत्ता लगाइ कारबाही नभएको तथा पीडितको उचित ब्यबस्थापन , अधिकारको सुनिश्चतता र उचित क्षतीपुर्तीको व्यवस्था नभएको भन्दै पिडितहरु अधिकारका लागि लडदै आएका छ्न ।