नवलपुरका किशोरीले नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग किशोरी अधिकारको र सरोकारवालाको भुमिकाको बारेमा अन्तरसम्वाद गरेका छन् ।
नवलपुरको देवचुली १० मा जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण गरिएको बालिका सिकाइ तथा स्रोत केन्द्रको अवलोकन र किशोरी र बालबालिकाहरु सग अन्तरसम्वाद गर्दै मन्त्री चौधरीले किशोरीहरुका लागि लगानी र नितिगत सुधार गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सरकारले मन्त्रालयगत बजेट दिने क्रममा थोरै बजेट दिने र योजना अनुसारको बजेट कटौती गर्ने हुँदा आशातित काम गर्न नसकेको समेत बताउनुभयो ।
अन्तरसम्वाद कार्यक्रममा किशोरी अभियन्ता रेजिना घर्ती मगरले तीन तहको सरकारले बालबालिकालाई प्राथमिकता दिनुपर्ने र लगानिको सुनिश्चितताको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयको थियो ।
उहाँले बालिका सिकाई तथा स्रोत केन्द्र किशोरीहरुको साझा सपनाको रूपमा पहल गरेको र अहिले आफ्नो सपना पूरा हुने क्रममा हुँदा खुसी लागेको र यसको दिगो सन्चालनको लागि सवैले सहयोग गर्नुपर्नमा जोड दिनुभयो ।
किशोरीहरु र बालबालिकाहरुले मन्त्रीसग बालबालिकाका विभिन्न सवालहरुमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सहभागीहरुले बिधालयमा नर्स कार्यक्रम प्रभावकारी रूपमा सन्चालन गरिनुपर्ने, किशोरीहरुको लागि आवश्यक पर्ने सेनेटरी प्याड गुणस्तरीय र निजि बिधालयमा पनि उपलब्धता गराईदिनुपर्ने, स्थानीय तहमा किशोरकिशोरीहरुको लागि मानसिक स्वास्थ्यको लागि मनोपरामर्शकर्ताहरुको ब्यबस्थापन गरिनुपर्ने, स्थानीय तहमा किशोरीहरुको लागि छुटै डेस्कको स्थापना गरिनुपर्ने, गरिव र सीमान्तकृत बालबालिकालाई राज्यले निशुल्क शिक्षा र स्वास्थ्यको लागि काम गरिनुपर्ने, दिवा खाजालाई सवै बालबालिकाले पुग्ने गरिको लागि ब्यबस्थापन गरिनुपर्ने लगायतका सवालहरु मन्त्री समक्ष पेश गरेका थिए ।
जागृती बाल तथा युवा सरोकार नेपालले क्यान्नलन सगको सहयोगमा किशोरीहरु र बालबालिकाहरुको लागि सो सिकाई केन्द्रको निर्माण गरिरहेको सस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।
नेपालमा नै यस्तो खालको संरचना अन्यत्र नरहेको र जोकोहीलाई पनि बालिका र किशोरी अधिकारको बारेमा सूचना लिन र सूचना प्रदान गर्नको लागि अध्ययन केन्द्रको निर्माण गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा कावासोती नगरपालिका नगर उप प्रमुख, वार्ड अध्यक्ष, बाल क्लब, किशोरी संजाल, आमा समूह र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
Breaking News
- जसले न्याय खोज्दाखोज्दै त्यागिन् प्राण
- वैवाहिक बर्षगाँठको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणमा गौतम दम्पतीको सहयोग
- गभर्नर नियुक्तिमा उमेरहद हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
- सिद्धार्थ ग्रुपको नारायणगढमा नयाँ शाखा बिस्तार
- विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
- घिसिङ बर्खास्त
- निर्वाचन निषेध गरिएको प्रेस चौतारी अध्यक्षमा पाण्डे, महासचिवमा लामा दोहोरिए
- राजेश राईले चौतारीको महाधिवेशन हल छोड्दा प्रतिनिधिहरूको रूवाबासी