चितवन , जेठ ३२ – चितवनको माडी नगरपालिका वडा नम्बर ७ दिवानगर स्थित राष्ट्रिय आधारभुत बिद्यालयका विद्यार्थीहरु मकै गोडदै पढने गरेका छ्न । केही दिन पहिले बिद्यालयको हाता भित्र रहेको खाली जमिन खनजोत गरि मकै लगायका उनिहरुले आज शुक्रवारका दिन अतिरिक्त कार्यक्रम अन्तरगत मकैबाली गोडमेल गरेका हुन । बिद्यालयमा हाल ८० प्रतिशत विद्यार्थीहरु चेपाङ परिवारका रहेकाले पनि अध्यनको अलाबा अतिरिक्त क्रियाकलापमा कृषि सग जोडन उनिहरु लाई खेतिपातीमा सहभागी गराइएको बिद्यालयका प्रधानध्यापक यमकुमार काफ्लेले बताउनु भयो ।
बिद्यालयमा अध्यन गर्ने बिद्यार्थीहरुका परिवार खेतिपातीमा नै आश्रति रहेकाले बिद्यालयको सिकाइ लाई घरमा गएर पनि सिखो गर्ने र परिवार लाई समेत सहयोग हुने भएको हुँदा उनिहरु लाई कृषिमा सामेल गराउएको प्रधानध्यापक काफ्लेको भनाइ छ । बिद्यालय बिगत देखि नै आर्थिक अबस्थामा कमजोर रहेकोमा बिद्यालयमा रहेको करिव साढे दुई कठ्ठा खाली जमिन लाई शिक्षक र बिद्यार्थीको अगुवाइमा खनजोत गरि मकै लगाइएको बिद्यालय ब्यस्थापन समितिका अध्यक्ष कुल प्रसाद आचार्यले बताउनु भयो ।
बिद्यालयमा उत्पादित अन्न लाई बिक्री गरेर आम्दानिको श्रोत बढाउन सकिने तथा विद्यार्थीहरु लाई मेहनत गर्न सिकाउन सके ब्यबहारिक शिक्षा समेत हुने आचार्य बताउनुहुन्छ । बिद्यालयमा हाल ८० जना बिद्यार्थीहरु अध्यन गर्ने गरेका छ्न ।