चितवन , जेठ ३२ – चितवनको माडी स्थित जनकल्याण माध्यामिक बिद्यालयमा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार बितरण गरिएको छ । अघिल्लो हप्ताहरूमा आयोजित विभिन्न प्रतियोगिताका उत्कृष्ट बिद्यार्थीहरु लाई आज शुक्रवार एक कार्यक्रमको आयोजना गरि पुरस्कार बितरण गरिएको हो । अङ्ग्रेजी हस्तलेखन र चित्रकला प्रतियोगितामा उत्कृष्ट हुने बाल विकास कक्षादेखि कक्षा १०सम्मका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो ।
पुरस्कार बितरण कार्यक्रममा माडी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिपेन्द्रराज पौडेल , प्रधानाध्यापक रामबहादुर जिसी र सहायक प्रधानाध्यापक सुवाश बुढाले संयुक्तरूपमा टीका र पुरस्कार प्रदान गर्नुभएको थियो। त्यसै गरी मङ्गलबार र शुक्रबार सदनात्मक पोसाक लगाएर विद्यालय आउने पुरानै कार्यतालिका अनुसार आज गरिएको सर्वेक्षणमा हरियो सदन प्रथम भएकाले हरियो सदनका शिक्षकहरू , छात्र छात्रा संयोजक र सहसंयोजकहरूलाई पुरस्कृत गरिएको छ।
त्यस्तै प्रत्येक महिनाको मसान्तमा शिक्षक र विद्यार्थीहरूलाई आफ्नो संस्कृति सुहाउँदो पोसाक लगाएर आउने सूचना भए अनुसार आज सांस्कृतिक पोसाक लगाएर आउने शिक्षक र विद्यार्थीहरूलाई पनि विद्यालयले सम्मान गरेको छ।
Breaking News
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न

