चितवन , असार ३ – जनकल्याण माध्यमिक विद्यालय माडी -६, चितवनलाई अन्तर्राष्ट्रिय गुणस्तरीय प्रमाणीकरण संस्था ( ISO)ले लोगो हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार विष्टको सभाध्यक्षता र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा आइ. एस.ओ. का नेपाल प्रतिनिधि सुदीप शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार विष्ट र प्रधानाध्यापक रामबहादुर जिसीलाई आइ.एस.ओ.को लोगो हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा नगरप्रमुख ताराकुमारी काजी महतो,आइ.एस.ओ.नेपाल प्रतिनिधि सुदीप शर्मा , विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामकुमार विष्ट र प्रधानाध्यापक रामबहादुर जिसीले विद्यालयको गुणस्तरको महत्त्व र विद्यालयले पूरा गर्नुपर्ने आगामी कार्यभारको विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा माडी नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ६ का वडाध्यक्ष दिपेन्द्रराज पौडेल , विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सुरेशबहादुर थापा, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरू, सम्पूर्ण शिक्षकहरू तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
Breaking News
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न

