चितवन , असार ४ – माडी माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु महिनाको पहिलो दिन साँस्कृतिक पहिचान झल्किने पहिरन सहित विद्यालय आउने भएका छन् ।
माडी माध्यामिक विद्यालयले आफ्नो वार्षिक शैक्षिक क्यालेन्डरमा गरेको व्यवस्था अनुसार कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरु आ–आफ्नो धर्म, संस्कृति, रितीरिवाज, जातजातीको पहिचान झल्किने गरि साँस्कृतिक पहिरनमा आउने भएका हुन् ।
विद्यालय सञ्चालन हुने महिनाको पहिलो दिन विद्यार्थीहरुलाइ साँस्कृतिक पहिरनमा आउनुपर्ने नियम अब शिक्षकहरुलाई समेत लागु गर्ने तयारी भैरहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष शान्ती चौधरीले बताउनुभयो ।