चितवन , असार ५- चितवनको पार्वतीपुरमा बुधबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। भरतपुर २१ को आयोजनामा भएको शिविरमा ५००जना भन्दा बढी बिरामीले स्वास्थ्य लाभ लिएका छ्न। ९२ बर्षिय सुद प्रसाद रेग्मी प्रमुख अतिथी रहनु भएको शिविरमा थाइराइड,सुगर,प्रेसर,पिसाब,महिलाहरुको पाठेघरको मुखको क्यान्सर लगायत बिभिन्न रोगहरुको मनकामना अस्पतालका फिजिसियन डाक्टरद्वय मनोज क्षेत्री र संजोग कंडेलले उपचार गर्नुभयको थियो ।
शिविरको सह- आयोजक आमा बच्चा स्वास्थ्य नेपाल र समन्वय मनकामना अस्पताल रहेका थिए । शिविरबाट बिशेषगरी ग्रामिण भेगका बिरामीलाइ लाभ पुगेको मनकामना अस्पतालका पब्लिक रिलेसनसिप अफिसर सतिश ढकालले बताउनुभयो । कविता खतिवडाले संचालन गरेको उदघाटन कार्यक्रम भरतपुर २१का वडा अध्यक्ष कृष्ण कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।
Breaking News
- प्रविधिमैत्री शिक्षक समाज चितवनको अध्यक्षमा दुर्गाकुमारी लामिछाने
- नयाँ जातको धान लगाउँदा नफलेपछि माडीका किसान चिन्तित
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त

