चितवन , असार ६ – कालिका नगरपालिकाको बजार क्षेत्रमा अनुमती विना राखिएको होडिङबोर्ड नगरपालिकाले हटाउन सुरु गरेको छ । कालिका नगरपालिकाको स्वीकृति लिई वा निलिई विभिन्न प्रकारका सूचना एवं जानकारीमूलक होडिङ्गबोर्डहरु विजुलीको खम्बहरु, महत्पूर्ण सार्वजनिक स्थलहरु, लगायतका स्थानमा राख्ने र सयम समाप्त भएपनि उक्त बोर्डहरु नहटाउँदा नगरको सुन्दरतामा असर पुगेको गुनासो बढेपछि नगरप्रहरी परिचालन गरेर कालिकाले होडिगबोर्डहरु हटाउन थालेको हो ।
यस अघिपनि पालिकाले सम्बन्धित व्यक्ति वा संस्थाहरुलाई आफ्नो होडिङ्ग बोर्डहरु हटाउन समय दिएको थियो । सातदिने समय अवधि सकिएपनि सम्बन्धितव्यक्ति वा संस्थाका प्रतिनिधिहरुले आफ्नो बोर्डहरु हटाउन पहल नगरेपछि नगरपालिका आफैले हटाउन थालेको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । आज क्लब चोक बजार क्षेत्रका होडिङ्ग बोर्ड हटाइएको छ । विस्तारै नगरक्षेत्रभित्रका सबै ठाउँमा पुग्नेछ प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमले जानकारी दिनुभयो ।
बजार क्षेत्रका होडिङ्गबोर्ड हटाएर हरियाली बनाउन बृक्षारोपण गरिने र पोलपोलमा विजुली वत्ती जडान गरेर शुन्दर बनाउने नगरपालिकाको योजना रहेको उहाँले बताउनु भयो ।