चितवन , असार ९ – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ भएको रक्तदान कार्यक्रममा एकै घरपरिवारका ४ जनाले रक्तदान गरेका छन । शनिबार कैलाश युथ क्लबले आयोजना गरेको रक्तदान कार्यक्रम एकै परिवारका ३ दाजुभाइ र १ बहिनीले रक्तदान गरेका हुन ।
रक्तदान कार्यक्रममा कैलाशटोलका स्थानियवासी तथा क्लवका अध्यक्ष सबिन अधिकारी , उनका भाइहरु सरोज अधिकारी , सन्दिप अधिकारी र बहिनी सुमित्रा अधिकारीले एकै पटक रक्तदान गरेका हुन । सबिन सामाजीक अगुवा हुन भने उनका दुई भाइ पनि सामाजिक सेवाका अलाबा खेलाडीहरु हुन । त्यस्तै बहिनी समित्रा स्वास्थ्यकर्मी हुन ।
क्लवमा अधिकारी परिवारका ४ जना नै आवद्ध रहेका कारण र सामाजिक रुपमा सबै अग्रणी भुमिका रहदै आएकाले पनि एकै पटक रक्तदान गरेका हुन ।
परिवारका ४ जना सदस्यले एकै पटक रक्तदान गर्न पाउँदा आफुहरु खुशी र उत्साहीत भएको क्लवका अध्यक्ष सबिन अधिकारीले बताए । पारिवारिक रुपमा पनि धेरै जनाले एकै पटक रगत दिन पाउँदा समाजमा समेत सकारात्मक प्रभाब पर्ने र रगत दिने लाई थप उत्साह जाग्ने अपेक्षा लिएको अध्यक्ष अधिकारीको भनाइ छ । शनिबार कैलाश टोलामा भएको रक्तदान कार्यक्रमा ४२ युनिट रगत संकलन भएको थियो ।
Breaking News
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?

